२०७३ पुष १ गते १८:०३ विकासन्युज
काठमाडौं, १ पुस । फोर्स मोटर्स लिमिटेड इन्डियाले आफ्नो नयाँ सोरुम जनकपुरमा सञ्चालनमा ल्याएको छ । उक्त सोरुम स्थानीय विक्रेता सिद्धान्त अटोमोबाइल्स इन्टरप्राइजेजमार्फत सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सोरुमबाट फोर्स मोटर्सका ट्रयाक्स क्रुजर जिप, ट्रयाक्स कार्गो किङ (पिकअप), ट्रम्प ४०, बलवान ट्रयाक्टरलगायतका गाडी उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले यसभन्दा अघि काठमाडौंको गैरीधारा, पोखराको बुद्धचोक, झापाको बिर्तामोड, विराटनगरको कञ्चनबारी, राजविराजको रामानन्दचोक र चितवनको भरतपुरमा शोरुम संचालनमा ल्याइसकेको बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.