२०७३ पुष ३ गते १३:११ विकासन्युज
काठमाडौं, ३ पुस । गोंगबुमा रहेको बिजीमलले दशैं तथातिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहारहरु वितरण गरेको छ । उपहार कार्यक्रममा सहभागि तीन जनालाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथा चार रात पाँच दिनको थाइल्याण्ड भ्रमणको प्योकज वितरण गरेको हो । मलले यसै अवसरमा जाडो यामलाई लक्षितगर्दै विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवात सुरुवात समेत गरेको छ ।
मलले उपहार योजना अन्तरगत एक हजार रुपैयाँभन्दा बढीको सामानखरिद गर्नेलाई उपहार कुपन उपलब्ध गराएको थियो । यसरी ग्राहकले उपहार योजनामा राखेका झण्डै २५ हजार कुपनहरु मध्ये बाट कुपन नम्बर ५८३३ का विजेता मंगलता माङलाई टिभिएसको १८० सिसिको अपाचीआरटिआर मोटरसाइकल प्रदान गरिएको छ । त्यसै गरी स्वच्छम गुरुङले ११० सिसिको टिभिएसको जुपिटर स्कुटर हात पारेका छन् भने सविता सुवेदीले चार रात पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् ।
त्यसै गरी कार्यक्रममा उपहार योजनाका साप्ताहिक उपहार विजेताहरुलाई सिजि ब्राण्डका साउण्ड बार, ३२ इन्चको टेलिभिजन, वासिङ मेसिन, माइक्रो ओभन, इलेक्ट्रि हिटर लगायतका उपहार पनि हस्तान्तरण गरिएको छ । गत असोज पाँचदेखि कात्तिक २८ गतेसम्म सञ्चालन भएको ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजनामा सहभागि भएका ग्राहकले प्रत्येक दिनकुनै न कुनै किसिमको उपहार पाएका थिए । जसमा दैनिक उपहार योजना अन्र्तगत ४० जनाले स्मार्ट फोन, ४० जनाले लञ्च कुपन तथा ६० जनाले शपिंग भौचर पाएका थिए ।
जाडो मौसममा ग्राहकलाई सुपथ मूल्यमा विभिन्न किसिमका सामान उपलब्ध गराउने लक्ष्यका साथ मलले विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवात समेत गरेको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै मलले यो कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको सुरुवातमललमा सविन राईको संगितिककार्यक्रमगर्दै सुरु भएको छ । यसै गरि सेलिब्रेसनमा फेसन शो, बालबालिकालाई फ्रि फेस पेन्टिङ, फोटो सेसन लगायतका मनोरञ्जनात्मक क्रियाकलाप समेटिने छन् । सेलिब्रेसन जनवरी दुई तारिखसम्म चल्ने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.