भारु प्रतिबन्धले नेपालको आर्थिक वृद्धिमा असर, आर्थिक ससंकुचनले आर्थिक वृद्धिमा धक्का दिने

  २०७३ पुष ६ गते ७:५५     विकासन्युज

काठमाडौं ६, पुस । भारतमा पाँच सय र एक हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालको आर्थिक वृद्धिमा पनि पर्ने भएको छ । फिच रेटिङ एजेन्सीको एक अध्ययनमा भारतमा लगाइएको प्रतिबन्धको असर नेपालको आर्थिक विकासमा पर्ने उल्लेख छ । indian-currrency

अध्ययनले भारतको निर्णयले नेपालको आर्थिक वृद्धिदर २.२ प्रतिशत कायम हुने उल्लेख गरेको छ । यसअघि सोही संस्थाले गरेको अध्ययनमा २.५ प्रतिशत आर्थिक वृद्धि हुने उल्लेख गरेको थियो ।

ठूलो संख्यामा नेपालीहरु भारतमा रोजगारीमा रहेका, धेरै नेपालीहरु उपचारका लागि भारतमा जाने गरेका, पर्यटनमा ठूलो हिस्सा भारतीय पक्षको रहने र उनीहरुले ठूला दरका भारु लिएर जाने गरेको जस्ता तथ्यहरु केलाउँदै अध्ययनले समग्रमा यी गतिविधिमा संकुचन आउँदा आर्थिक वृद्धिमा धक्का दिने उल्लेख गरेको छ ।

नेपालका सरकारी अधिकारी तथा अर्थशास्त्रीले पनि भारुका ठूला नोट नचल्दा आर्थिक वृद्धि प्रभावित हुने स्वीकारेका छन् । उनीहरुले आर्थिक वृद्धि घट्ने र यसले मूल्य वृद्धि बढाउने दावी गरेका छन् । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.