द्वन्दकालमा विस्थापित नेपाल बैंकका चार शाखाको पुनस्थापना

  २०७३ पुष ६ गते १६:३७     विकासन्युज

nepal_bankकाठमाडौं, ६ पुस । नेपाल बैंक लिमिटेडले विगतमा विस्थापित गरिएका आफ्नो ४ वटा शाखाहरुलाई पुनस्थापना गरेको छ । बैंकले स्याङ्गजा जिल्लाको चापाकोट स्थित सुन्तलेटार शाखा, तनहुँ जिल्लाको खैरनीटार स्थित खैरनीटार शाखा, बाँके जिल्लाको कोहलपुर स्थित कोहलपुर शाखा तथा वाग्लुङ्ग जिल्लाको हरिचौर स्थित गलकोट शाखा सञ्चालन गरेको छ ।

बैंकले ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गरी व्यवसायलाई विस्तारित गर्ने क्रममा उक्त शाखाहरुको पुनस्थापना गरेको बैंकले बताएको छ । कम्पनीका अनुसार उक्त शाखाहरु ४० को दशकमा स्थापना भै बैंकिङ्ग सेवा सुचारु गरेकोमा विगतको द्वन्दकालमा सुरक्षाको कारणले विस्थापित भएका थिए ।

हालै पुनस्थापित शाखाहरु सहित हाल बैंकले १३० वटा शाखाहरु मार्फत आधुनिक एवं सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, निकट भविष्यमा व्यावसायिक सम्भाव्यताको आधारमा देशको ग्रामीण एवं शहरी क्षेत्रमा आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं शाखा पुनस्र्थापना गर्दै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.