चन्द्रागिरि आर्थिक विकासको कोशेढुङ्गा- टाङ्गलियाङ्ग ची

  २०७३ पुष १० गते १२:४३     विकासन्युज

काठमाडौं, १० पुस । चिनियाँ कम्यूनिष्ट पार्टी ‘चेन्दु’ का सचिव टाङ्गलियाङ्ग चीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चीको नेतृत्वमा आएको चिनियाँ टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका हुन् ।

chandragiri_visit_by_chee

उक्त टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस (संसद्) का अध्यक्ष बाई माचिलिन र सिनो हाइड्रोका इन्जिनियर फागजुन लगायत दूई दर्जन चिनियाँ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

अनौपचारिक भ्रमणमा आएको चिनियाँ टोलीलाई अध्यक्ष ढकालले चन्द्रागिरिमा निर्माण भएको पुर्वाधारहरुको वारेमा जानकारी दिँदै ‘चीन नेपालको नजिकको छिमेकी मित्र राष्ट्र भएको र पछिल्लो समयमा चीनले हासिल गरेको आर्थिक सम्वृद्धि र त्यसबाट सिर्जित अवसरहरुको सदुपयोग नेपालको नीजि क्षेत्रले गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।’

chandragiri_visit_by_chines

चिनियाँ कम्युनिष्ट पार्टी ‘चेन्दु’ का सचिव चीले ‘चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्यबाट आफु अत्यन्तै प्रभावित भएको र यस्तै अन्य परियोजनाहरुको निर्माण हुने हो भने नेपालको आर्थिक विकासले छोटै समयमा तीब्रता पाउने विश्वास व्यक्त गरेका छन् । ’

यसअघि चेन्दुका मेयर समेत रहेका टाङ्गलियाङ्ग ची काठमाडौं महानगरपालिका र चीनको सिचुवान प्रान्तको सदरमुकाम चेन्दुबीच भगिनी सहरको सम्बन्ध स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्न गत शुक्रबार नेपाल भ्रमणमा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.