डिम्याट खातासँगै बैंक खाता उपलब्ध गराउन सिडिएसको निर्देशन, अब बैंक खातामै लाभांश आउने

  २०७३ पुष १३ गते ११:५२     विकासन्युज

bank_accountकाठमाडौं, १३ पुस । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खातासँगै बैंक खाता पनि उपलब्ध गराउन निर्देशन दिएको छ । पुरानो डिम्याट खाता हुनेहरुले पनि आफ्नो बैंक खाताको विवरण बुझाउन सिडिएसले निर्देशन दिएको हो ।
सिडिएसले चैत मसान्त भित्रै पुरानो डिम्याट खाता हुनेहरुले बैंक खाताको विवरण समेत उपलब्ध गराउनु पर्ने बताएको छ ।

सिडिएसको यो निर्दशनसँगै अब लगानी कर्ताले नगद लाभांश आफ्नो बैंक एकाउण्टमै प्राप्त गर्नेछन् । साथै, सार्वजनिक निष्काशनमा आवेदन गरिएको फिर्ता हुने रकम पनि अब सोझै बैंक खातामै उपलब्ध हुनेछ ।

डिम्याट खातामा रहेको व्यक्तिगत विवरण र बैंक खाताको व्यक्तिगत विवरण भने एउटै हुनुपर्ने सिडिएसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.