२०७३ पुष १३ गते १८:२९ विकासन्युज
काठमाडौं, १३ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ३८ औं शाखा रुकुम जिल्लाको मुसिकोट खलङ्गामा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेका छन् ।
हाल मुसिकोट शाखा सहित बैंकले ३८ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३६ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बैंकले जनाएको छ ।
बैंकको आर्थिक वर्ष ०७३।७४ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले कुल निक्षेप ३९ अर्ब ६० करोड र कुल कर्जा ३४ अर्ब २७ करोड रुपैयाँ परिचालन गरेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.