२०७३ पुष १४ गते १७:१९ विकासन्युज
काठमाडौं, १४ पुस । मिसन डेभलपमेन्ट बैंकले १ बराबर १ (१०० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत मंगलबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १९ करोड ४९ लाख २५ हजार रूपैयाँको १९ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो ।
हाल बैंकको चुक्ता पूँजी १९ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम भिवोर क्यापिटल लिमिटेडले गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.