पाल्पामा बर्सेनि होटल थपिदै, एक करोडको लगानीमा झन्डै एकदर्जन होटल सञ्चालनमा

  २०७३ पुष १६ गते १५:३७     विकासन्युज

hotelपाल्पा, १६ पुस । पर्यटकीय नगरी तानसेनमा बर्सेनि होटल थपिदैं गएको छ । झन्डै करोड भन्दा माथिको लगानीका होटल थपिदै गएपछि सुविधा सम्पन्न होटलको समस्या यहाँ टरेको छ । पछिल्लो तीन वर्षको अवधिमा एक करोड भन्दा बढी रुपैयाँको लगानीमा झन्डै एकदर्जन होटल सञ्चालनमा आएका छन् । सुविधा सम्पन्न होटल निर्माण भएपछि यहाँ पर्यटकको बसाईमा पनि बृद्धि भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

पछिल्लो समयमा निर्माण हुने होटलमा पार्किङ, सभाहल, टिभी, फ्रिज वाइफाइ, चिसो तातो पानीलगायतका प्रशस्त सेवा सुविधा रहेको होटल व्यवसायी जीवलाल सुवेदी बताउँछन् । सुविधा सम्पन्न होटलमा खुलेपछि साना ठूला गोष्ठी तथा सेमिनार गर्नसमेत सजिलो भएको छ । चैत, वैशाखमा यहाँ अत्यधिक गर्मी नहुने भएपछि नेपालगञ्ज, पोखरा, काठमाडौंलगायतका स्थानबाट गोष्ठी तथा सेमिनार सञ्चालनका लागि आउने गरेको व्यवसायीहरु बताउँछन् ।

तानसेनमा होटल ‘द’ ह्वाइटलेक, होेटल श्रीनगर, रोज रिसोर्ट, होटल इन्दे्रणी एन्ड रेष्टुरेन्ट, पाल्पाली छे, मोनिका होटल, होटल अमृत, रक रिजेन्सि गेष्ट हाउस, शुभरात्री गेष्ट हाउस लगायतका दर्जनौं होटल सञ्चालनमा छन् । होटलमा पाल्पाली स्वादमा खाना नास्ताको सुविधाले पर्यटकको मन जित्न सफल भएका हुन ।

पाल्पामा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने भएकाले होटल व्यवसाय फस्टाएको बताउँदै पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले होटल व्यवसायमा हालसम्म तानसेनमा एक अर्ब भन्दा बढी रुपैयाँ लगानीको भएको बताएका छन् ।

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र रुपन्देही जिल्लाको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेकाले अगामी वर्षहरुमा यहाँ विदेशी पर्यटक आउने सम्भावना बढी रहेको हुँदा यहाँ होटल व्यवसाय फस्टाउन लागेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.