२०७३ पुष १८ गते १८:०३ विकासन्युज
काठमाडौं, १८ पुस । टाटा मोर्टसको लागि नेपालको एक मात्र आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि. ले नयाँ बस च्यासिस एयर सस्पेन्सन युक्त एल.पी.ओ. १५१२/५५ बजारमा ल्याएको छ । कम्पनीका अनुसार १०.७ मिटर लामो यस च्यासिस टाटा कुमिइस् टुरबोचार्जड इन्टरकुलड डिजेल इन्जिनको शक्तिले सम्पन्न रहेको छ । १३३ हर्ष पावरको इन्जिन भएको यस वाईड बडी च्यासिस, एयर सस्पेन्सन अनि ४० रिक्लाइनिङ सिटहरु जडित छ ।
उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यस च्यासिस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीको दावी छ ।
एयर सस्पेन्सन युक्त एल.पि.ओ. च्यासिस, १०ः००–२०ः०० साईजको रेडियल टायर जस्ता विशेषताको कारण शहर भित्र र शहर बाहिरको सुरक्षित यात्राको लागि यस च्यासिस अति उपयोगी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार १३३ हर्ष पावरको ईन्जिन, ४९० न्युटन मिटरको टर्क, २५३ मिलिमिटरको क्लच प्लेट र जि-६०० गियर बक्स जस्ता विशेषता रहेको यसले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले गाडीले भार बहन गर्ने क्षमता राख्दछ । यसैगरी यस बसमा जि-६०० गियर बक्समा पनि ओभरड्राइभ विशेषता र ४१/७ अनुपातको क्राउन भएको कारण यस च्यासिसले कम इन्धनमा नै उच्च गति प्रदान गर्दछ ।
२४ वटा भन्दा बढी सेवा केन्द्र भएको सिप्रदी नेपालकै सबैभन्दा व्यापक बस र ट्रकको बिक्री पछिको सेवा संजाल भएको कम्पनी हो । उत्कृष्ट सेवा र सर्वसुलभ मर्मत सम्भारका दृष्टिकोणले एल.पी.ओ. १५१२/५५ एयर सस्पेन्सन बसले ग्राहक वर्गहरुलाई विश्वस्त पार्ने क्षमता राख्दछ । साथै यस गाडीमा ३ वर्ष वा ३ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.