नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ पुस २७ गतेदेखि खुला, प्रतिकित्ता मूल्य १४२५ रुपैयाँ

  २०७३ पुष १९ गते १२:०४     विकासन्युज

nepallife_insकाठमाडौं, १९ पुस । नेपाल लाइफ इन्स्योरेन्सकोे थप नयाँ साधारण सेयर (एफपीओ) पुस २७ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यको ३० लाख ९६ हजार ४२९ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । प्रिमियम मूल्य सहित कम्पनीको एफपीओको मूल्य प्रतिकित्ता १४२५ रुपैयाँ तोकिएको छ ।

उक्त सेयरका लागि सर्वसाधारणले माघ २ गतेसम्म आवदेन दिन पाउने छन् । यस कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.