गरिमा विकास बैंकले २० प्रतिशत बोनस दिने, चुक्ता पूँजी एक अर्ब २९ करोड रुपैयाँ नाघ्ने

  २०७३ पुष २० गते १४:२२     विकासन्युज

garima_logoकाठमाडौं, २० पुस । गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले सो मात्राको बोनस पोउने छन् ।

हाल बैंकको चुक्ता पूँजी एक अर्ब आठ करोड रूपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी एक अर्ब २९ करोड रुपैयाँ नाघ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.