२०७३ पुष २१ गते ८:५४ विकासन्युज
काठमाडौं २१, पुस । नेपाल राष्ट्र बैैंकबाट ख वर्गको अनुमति पाएको राष्ट्रिय स्तरको वित्तीय संस्था देवः विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले एक सय रुपैयाँ अंकित ४४ लाख पाँच हजार ४४० दशमलव ३९ कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको हो ।
यो बैंकले जारी गरेको सूचना अनुसार आगामी माघ ९ गेतबाट हकप्रद सेयरको आवेदन दिन पाइने छ । आवेदन फागुन १५ गतेसम्म दिन पाइने बैंकले जानकारी दिएको छ । यो बैंकको हाल चुत्ता पूँजी ८८ करोड १० लाख ८८ हजार ७८ रुपैयाँ रहेको छ ।
यो बैंकले हकप्रद साधारण सेयरको आवेदन दिन जारी गरेको ४४ करोड रुपैयाँको हकप्रद सेयरको भने यही पुस १८ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार गरेका साविकका सेयर धनीका लागि मात्रै दिने भएको छ ।
हकप्रद सेयरपपछि बैंकको पूँजी १ अर्ब ३२ करोड १६ लाख ३१ हजार १ सय १७ रुपैयाँको हुने भएको छ । यो बैंकको हकप्रद सेयरको आवेदन एनआईबीएल क्यापीटल मार्केट लिमिटेड लाजिम्पाट, देवः विकास बैैंकका शाखाहरु, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय पोखरा, विराटनगर र विरगन्ज तथा गुडवील फाइनान्स लिमिटेडको शाखा कार्यालय नेपालगञ्ज र इटहरीबाट दिन सकिने छ । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेड हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.