धौलागिरिमा फेला पर्यो सेन्चुुरी पदमार्ग (फोटो फिचरसहित)

  २०७३ पुष २१ गते १७:०५     विकासन्युज

काठमाडौं, २१ पुस । धौलागिरि हिमाल प्रथम (८,१७२ मिटर) को दक्षिणि आधारशिविरसम्म पुग्ने नयाँ पदमार्ग पहिचान भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले काठमाडौंबाट बिशेषज्ञ टोली बोलाएर ०७२ फागुनमा ‘धौलागिरि सेन्चुरी टे«क’ एक्सप्लोर गरेको थियो ।राजधानीमा उक्त पदमार्गको शुभारम्भ गरिएको छ ।

dhaulagiri_treck1
म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ । काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ । घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनु पर्छ ।
dhaulagiri_treck
धेरै पर्यटकले छोटो दुरीका पदमार्गको खोजी गरिरहेको अवस्थामा धौलागिरि सेन्चुरी पदमार्ग चाँडै लोकप्रिय हुने संभावना छ । काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्छ भने पदयात्रा गर्न ७ दिन लाग्ने छ ।
प्रकृति र संस्कृतिको अनुपम स्वाद चखाउँदै पर्यटकलाई धौलागिरि हिमालको फेदसम्म घुमाउन संघले नयाँ पदमार्ग पहिचान गरेको हो ।

dhaulagiri_treck4

यस काममा नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्स्जि एशोसियसन अफ नेपाल (टान), गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल, गैरआवासिय म्याग्देलीको संस्था मोना, पदमार्गको झीँ गाउँ, जिविस म्याग्दी र हिमालयन म्याप हाउस लगायतले सघाएका छन् । अध्ययन टोलीको नेतृत्व हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्यले गरेका थिए । टोलीमा गुरिल्ला टे«ल समेत एक्सप्लोर गरेका अध्येता सुरेन्द्र राना, बेनीका सामाजिक अभियन्ता दिनेशनारायण श्रेष्ठ, फ्रेण्ड्स एडभेञ्चर टिमका गाइड ङवा तामाङ र दिपक लामा सहभागी थिए ।

dhaulagiri_treck7

यो नयाँ पदमार्गको छरीसम्म बस्ती छ । शिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिँड्ने गोरेटो पच्छ्याउँदै नयाँ पदमार्ग अध्ययन गरिएको हो । पदमार्ग ४,००० मिटर उचाइमा छ । रघु गंगा नदिको किनारै किनार पदयात्रा गर्नु पर्छ । यात्रामा मगर तथा छन्त्याल जीवनशैली र संस्कृति बुझ्न पाइन्छ ।

पदमार्ग सुधार, संकेत चिह्नको व्यवस्था, गाउँलेलाई अतिथि सत्कार, होमस्टे व्यवस्थापन लगायत तालिम दिएपछि मात्रै यो पदमार्ग दिगो हुने अध्ययन टोलीको निष्कर्ष छ । छरीभन्दा माथि बस्ती छैन । तलका गाउँमा सामान्य खाना, बास र भरिया पाइन्छ । हालका लागि क्याम्पिङ टे«क संभव छ । संघले हिमालयन म्याप हाउससँगको सहकार्यमा धौलागिरि सेन्चुरी टे«कको नक्सा, र पोस्टर प्रकाशन गरिसकेको छ । बृतचित्र समेत तयार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.