नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

  २०७३ पुष २१ गते १७:३८     विकासन्युज

काठमाडौं, २१ पुस । सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिपुरेश्वरको नेपाल आँखा अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले अस्पतालको आर्थिक अवस्था कमजोर भएका १५ जना मोति बिन्दुका बिरामीको मोति बिन्दुको शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरेको छ ।

sbl_help_csr

बैंकले अस्पताललाई ३७ हजार ५ सय रुपैयाँको चेक हस्तातरण गरेको छ । सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका छन् ।  सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.