एभरेष्ट बैंकको नयाँ एटिएम सेवा सोह्रखुट्टेमा, बैंकको कर्पोरेट धुनको विमोचन

  २०७३ पुष २४ गते १६:०४     विकासन्युज

काठमाडौं, २४ पुस । एभरेष्ट बैंकले भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो एटिएम सेवा उद्घाटन गरेको छ । सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले सो स्थानमा उक्त सेवाको उद्घाटन गरेको हो ।

everest_atm_shorakhutte

उक्त सेवाको उद्घाटन पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम. एस. साङ्गापुरेले गरेका हुन् । उक्त कार्यक्रममा कर्नल मनराज सिंह मान रक्षा सहचरी, भारतीय दुतावास, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, बैंकका संचालकहरु लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । सोहि दिन, बैंकको संचालकज्यूहरुको बैठकमा बैंकको कर्पाेरेट धुनको पनि विमोचन गरियो जसलाई बैंकले आफ्नो श्रव्य–दृष्य सामाग्रीहरुमा प्रयोग गर्ने बताएको छ ।

बैंकले हाल ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत ग्राहकलाई उत्कृष्ट सेवा दिदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.