भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको लालबन्दी शाखा कार्यालय स्थानान्तरण

  २०७३ पुष २४ गते १७:५७     विकासन्युज

काठमाडौं, २४ पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले लालबन्दी शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहक वर्गमा सरल, सहज र अधिक पहुचको दृष्टिले उक्त शाखालाई आइतबार देखि साविक लालबन्दी, पुरानो क्षेत्रबाट सोहि वडाको करिब ५०० मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको छ ।

vibor_branch_transfer

कम्पनीका अनुसार २०७२ सालको महाभुकम्पका कारण उतm कार्यालय भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको हो ।
बैंकका अध्यक्ष सुशिलराज पराजुलीले उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन गरेका छन् । सो अवसरमा अध्यक्षले उद्घाटन मन्तव्यका क्रममा लालबन्दीबासीसँग यस बैंकको शुरुवात देखि नै गहिरो पारस्परिक सम्वन्ध रहेको स्मरण गराएका छन् ।

बैंकले आफ्ना शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एविविएस, मोबाइल बैंकिङ् लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकले ४२ शाखा सञ्जालहरु र १ एक्सटेन्सन काउण्टरबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

हाल बैंकको चूक्ता पूँजी १ अर्ब ८१ करोेड ५० करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.