ग्लोबल आइएमई र मास्टर कार्डबीच सम्झौता, सुरक्षित भुक्तानी गर्न सकिने

  २०७३ पुष २५ गते १७:४८     विकासन्युज

gibl_master_cardकाठमाडौं, २५ पुस । ग्लोबल आइएमई बैंक र मास्टर कार्डबीच मास्टर कार्डको सेवा सम्बन्धि दुई पक्षिय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा मास्टर कार्डका तर्फबाट पेमेन्ट सलुसनस, साउथ एशियाका सिनियर बिजनेस लिडर नरेन्द्र नन्दलले हस्ताक्षर गरेका छन् ।

मास्टर कार्डले यस प्रकारको सेवा पहिलो पल्ट नेपालमा ग्लोबल आइएमई बैंकलाई उपलब्ध गराउने भएको छ । जसबाट बैंकले आफ्ना ग्राहकहरुलाई अझ बढि सुरक्षित र छिटो भुक्तानी सुविधा प्रदान गर्ने छ ।

उक्त सम्झौता पश्चात मास्टर कार्डले ग्लोबल आइएमई बैंकलाई चाहिने सबै भुक्तानी नेटवर्कहरुलाई समर्थन गर्ने सेवा सुविधाहरु प्रदान गर्ने छ । यस साझेदारीबाट बैंकलाई डेविट, क्रेडिट र अन्य प्रकारका भुक्तानी कार्ड जारी गरी बजारमा क्यासलेस भुक्तानी प्रणाली लागू गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

बैंकले ग्राहकहरुलाई सुरक्षित कार्ड सेवा प्रदान गर्नको लागि नयाँ प्रविधिको चिप कार्ड पनि बजारमा ल्याई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.