फेवा विकास बैंकको नाफा ६५ प्रतिशतले वृद्धि, ६ महिनाको नाफा २८ करोड रुपैयाँ

  २०७३ माघ ६ गते १६:५२     विकासन्युज

fewa_bikas_bankकाठमाडौं, ६ माघ । फेवा विकास बैंक लिमिटेडको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६५ प्रतिशतले बढेको छ । बैंकले दोश्रो त्रैमास अर्थात ६ महिनामा २८ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ  । सो नाफा गत वर्षको सोही अवधीको तुलनामा ६५ प्रतिशतले बढी हो ।

बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १२ अर्ब ५९ करोड रुपैयाँ निक्षेप र ११ अर्ब  १४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष सोही अवधीको तुलनामा बैंकको निक्षेप र कर्जामा क्रमशः २० र २६ प्रतिशत वृद्धि भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकको कर्जा निक्षेप तथा पूँजीकोष अनुपात ७८.१७ प्रतिशत र तरलता अनुपात  २५.६७ प्रतिशत कायम रहेको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा पनि गत वर्षको तुलनामा अत्यन्तै न्यून रहेको बैंकका  प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताएका छन् ।

बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदानगर्दै आइरहेको छ । साथै, न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको बैंकले बताएको छ ।

पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने गाभ्ने/गाभिने (मर्ज गर्ने) सम्वन्धी विशेष प्रस्तावलाई समेत सर्वसम्मत रुपमा पारित गरेको छ । सभाले मर्जर पश्चात कायम हुने चक्तापूँजी १ अर्ब ८४ करोड रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.