हिमालयन पावर पार्टनरको १० लाख कित्ता साधारण सेयर निस्कासन, प्रभावित जिल्लावासीले मात्रै आवेदन दिन पाउने

  २०७३ माघ ७ गते ९:११     विकासन्युज

काठमाडौं ७, माघ । हिमालयन पावर पार्टनर लिमिटेडले १० लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ । प्रति कित्ता १ सय रुपैयाँ अंकित १० लाख ६५ हजार ४१७ कित्ता साधारण सेयरको निष्कासन गरेको लिमिटेडले जानकारी दिएको छ । लिमिटेडले यो सेयर आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) र सम्वन्धित जिल्ला लमजुङका वासिन्दाका लागि मात्रै खुला गरेको हो ।
ipo
यो सेयर मध्ये लमजुङ जिल्लाका वासिन्दा तथा जिल्लाको चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्यांङ, अर्चलबोट गाविसका वासिन्दाका लागि ५ लाख ३२ हजार ७०८ कित्ता सेयर निस्कासन गरेको छ । बाँकी ५ लाख ३२ हजार ७०९ कित्ता सेयर अन्य लमजुङ जिल्लाबासीका लागि निस्कासन गरेको छ ।

यो सेयर आगामी माघ १७ गतेबाट आवेदन दिन पाइने र सेयरको विक्री छिटोमा फागुन २ गते र ढिलोमा फागुन १७ गतेसम्ममा बन्द हुने उल्लेख छ । यसको आवेदन दिन चाहने लगानीकर्ताले न्युनतम ५० कित्ता देखि अधिकतम ५ सय कित्ता सम्म खरिदका लागि आवेदन दिन पाउने उल्लेख छ ।

यसको सेयर आवेदन लिमिटेडको कार्यालय, ग्लोबल आर्ईएमई बैंकको बेसीशहर शाखा, प्यासिफिक डेभलपमेन्ट बैंकको भोटेबडार शाखा र कैलाश बैंक लिमिटेडको बेसीशहर शाखाबाट दिन पाइने उल्लेख छ । यसको धितोपत्र निस्काशन तथा विक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल मिलिटेड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.