सिद्धार्थ बैंकको नाफा ४९ प्रतिशतले बढ्यो, ६ महिनाको नाफा ७२ करोड

  २०७३ माघ ९ गते ९:१४     विकासन्युज

siddhartha_bankकाठमाडौं ९, माघ । सिद्धार्थ बैंकको नाफा करिब ४९ प्रतिशतले बढेको छ । बैंकको यो नाफा चालू आर्थिक वर्षको ६ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ करोड ८६ लाख रुपैयाँले बढेको छ ।

बैंकले ६ महिनामा ७२ करोड ६० लाख रुपैयाँ खुँद नाफा गरेको छ ।
बैंकको गएको पुस मसान्तसम्मको निक्षेप संकलन ७४ अर्ब ९३ रुपैयाँ रहेको छ भने यसले बैंकको ऋण लगानी ६२ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी पाँच अर्ब २३ करोड रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा २ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । बैंकले १० अर्ब रुपैयाँ लगानी गरेको छ । यो बैंकको सीडी रेसियो ७७ दशमलव ९२ प्रतिशत रहेको छ ।

खराव कर्जा १ दशमलव ५० प्रतिशत रहेको यो बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ७४ पैसा रहेको छ । बैंकको गत प्रतिसेयर ९ सय ८६ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.