२०७३ माघ १० गते १३:१७ विकासन्युज
काठमाडौं, १० माघ । एनबी इन्सुरेन्सले शतप्रतिशत (१ बराबर १ अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले माघ ९ गते बोर्डसँग शेयर निष्काशनको लागि अनुमति मागेको हो ।
उक्त व्यवस्था तथा विवरण नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त हुनासाथ हकप्रद शेयर जारी गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनील यही मंसीर १७ गते सम्पन्न १८औं र १९औं बार्षिक साधारण सभाबाट पारित भए वमोजिम सो मात्राको शेयर निष्कासन गर्न लागेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.