ग्लोवल आईएमई बैंकले कमायो ९० करोड, ६ महिनाको बैंकको नाफा १८ प्रतिशतले बढ्यो

  २०७३ माघ १४ गते ९:१५     विकासन्युज

global-ime-bankकाठमाडौं १४ माघ । ग्लोवल आईएमई बैंकले ९० करोड रुपैयाँ कमाएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ९० करोड ६२ लाख रुपैयाँ कामाउँदा बैंकको  नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेको  छ ।

बैंकले गत वर्षको दोस्रो त्रैमाससमा ७६ करोड २७ लाख रुपैयाँ खुँदा नाफा गरेको थियो । गत वर्षको तुलनामा यो बैंकको नाफा १४ करोड ३४ लाख रुपैयाँले बढी हो ।

यो बैंकले गत पुस मसान्तसम्म ८४ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७१ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।यो बैंकको यस अवधिसम्ममा भएको लगानी भने १८ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी ७ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ४६ करोड छ । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७८ दशमलव ४७ प्रतिशत रहेको छ ।

बैंकको खराव कर्जा १ दशमलव ६१ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी २५रुपैयाँ ३५ पैसा छ । बैंकको प्रतिसेयर हाल ३ सय ९४ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.