शाइन रेसुङ्गाको नाफा ३३ प्रतिशतले बढ्यो, ६ महिनामा बैंकको खुँद नाफा १६ करोड

  २०७३ माघ १४ गते १०:०५     विकासन्युज

shine_resungaकाठमाडौं १४ माघ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३३ दशमलव ७९ प्रतिशतले बढेको छ ।

बैंकको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १६ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ ।

बैंकको यो नाफा अघिल्लो वर्ष सोही अवधिको तुलनामा ४ करोड १९ लाख रुपैयाँले बढी हो । गत वर्ष बैकले सोही अवधिमसम्ममा १२ करोड ४० रुपैयाँ कमाएको थियो ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा यो डेभलमेन्ट बैंकले ९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरे थियो । यो निक्षेप संकलनबाट यसले ८ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो बैंकले यस अवधिसम्ममा गरेको लगानी ३९ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ३६ करोड १० लाख रुपैयाँ रहेको छ । यो डेभलपमेन्ट बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७७ दशमलव ७२ प्रतिशत रहेको छ ।

बैंकको खराव कर्जा शून्य दशमलव ३५ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ३० रुपैयाँ १० पैसा छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ७३ पैसा रहेको छ । बैंकको प्रतिसेयर हाल ३ सय २७ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.