२०७३ माघ १७ गते १४:३२ विकासन्युज
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको थप साधारण सेयर(आइपीओ) माघ १७ गते सोमबारदेखि बिक्री खुला भएको छ । कम्पनीले आयोजना(उद्योग) प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाका बासिन्दाहरुको लागि एक सय अंकित मूल्यको १० लाख ६५ हजार ४१७ कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीका अनुसार कुल १० लाख ६५ हजार कित्तामध्ये ५ लाअ ३२ हजार ७०८ कित्ता सेयर लमजुङ्ग जिल्लाको चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ्ग र अर्चलबोट गरि ६ वटा गाविसका बासिन्दाहरुका लागि र बाँकी ५ लाख ३२ हजार ७०९ कित्ता सेयर बाकी जिल्लाका सम्पूर्ण बासिन्दाहरुलाई छुट्टाइएको छ ।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियूक्त गरेको छ । इच्छुक लगानीकर्ताले हिमालयन पावर पार्टनर लिमिटेड(आयोजनाको साइट कार्यालय), लमजुङ्ग जिल्लाको ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालय बेसीशहर बजार बाट आवेदन दिन सक्ने छन् । साथै, लगानीकर्ताले लमजुङ्ग जिल्लाको प्यासिफिक डेभलपमेन्ट बैंक भोटेबडार शाखा र लमजुङ्गमै रहेको कैलाश विकास बैंकको शाखाबाट आवेदन दिन पाउने छन् ।
कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन १७ गतेसम्म आवेदन दिन सक्ने छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.