२०७३ माघ २७ गते १७:३५ विकासन्युज
काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले फागुन २० गते साधारणसभा गर्ने भएको छ । उक्त बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव लैजादैछ ।
साधारणसभा प्रयोजनको लागि माघ २७ गतेदेखि फागुन ५ गतेसम्म सेयर दाखिल खारेज (बुक क्लोज) बन्द रहने बैंकले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.