सनराइज बैंकको नाफा ६७ प्रतिशतले बढ्यो, ६ महिनाको खुँद नाफा ६० करोड ९७ लाख

  २०७३ माघ २८ गते ९:०१     विकासन्युज

काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको नाफा गत वर्षको सोही अवधिको तुलनामा ६७ प्रतिशत बढाउन सफल भएको छ । बैंकले यो नाफा चालू आवको गत पुस मसान्तसम्ममा ६० करोड ९७ लाख रुपैयाँ खुँद नाफा गरेको छ ।

यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २४ करोड ५७ लाख रुपैयाँले बढि हो । बैंकले गत वर्ष ३६ करोड ३९ लाख रुपैयाँ मात्रै नाफा गर्न सकेको थियो ।  बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

बैंकले गत पुस मसान्तसम्ममा ५७ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेर ४९ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ९ अर्ब २१ करोड रुपैयाँ छ । बैंकको जगेडा कोष भने रित्तिएको छ ।

खराब कर्जा अनुपात १ दशमलव ४० प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ९० प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२७ रुपैंयाँ ४१ पैसा छ । हाल बजारमा यो बैंकको प्रतिसेयर ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.