२०७३ माघ २८ गते १३:४२ विकासन्युज
काठमाडौं । नेपाल-चीनको सँयुक्त लगानीमा सच्चालित हिमालय एअरलाईन्सले आफ्नो तेस्रो गन्तव्य काठमाडौं-क्वालालम्पुर-काठमाडौं मार्गको नयाँ उडान शुरु गरेको छ । शुरुवातसँगै एअरलाईन्स शुक्रबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दोहा र कोलम्बो पछिको गन्तव्य क्बालालम्पुर प्रस्थान गरेको हो ।
सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका मन्त्री जीवनबहादुर शाही, सह-सचिव बुद्धिसागर लामिछाने, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीद्वारा उडान सेवाको उद्घाटन गरिएको थियो । मलेसियन दुतावासको चार्ज दि एफिअर अहमद फादिल पनि क्वालालम्पुर उडानमा सहभागी थिए ।
उद्घाटन उडानबारे टिप्पणी गर्दै प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भने, “हिमालय एअरलाईन्सले निरन्तर यसको गन्तव्य बढाउदै छ । हामीलाई विश्वास छ, क्वालालम्पुरको प्रारम्भिक उडानमै शतप्रतिशत भरिभराउ र अग्रिम बुकिङ्गले हामीलाई यस उडान मार्गले सफलता पाउने रुपमा आत्मविश्वास दिलाएको छ ।”
हप्ताको पाँच दिन उडान गर्ने एअरलाईन्सले काठमाडौं-क्वालालम्पुर-काठमाडौंको लागी शुरुवाती टिकटदर २५ हजार ३७५ (राउण्ड ट्रिप)कायम गरेको छ । उक्त दरमा सरकारी कर समावेश गरिएको छैन ।
“यीदुई शहरहरु जोडिएकोमा हामीगर्व गर्छाै र विश्व समुदायमा यो मार्गलाई सक्षम बनाउन सकेसम्म तप्पर रहने छौ ।” कम्पनीका उपाध्यक्षले बताए । एअरलाईन्सले कार्निभल ट्राभल एसडिएन बिएचडिलाई मलेसियाको लागी जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.