एनएमबी बैंकको नाफा ७० करोड, ६ महिनाको बैंकको नाफा ६६ प्रतिशतले बृद्धि

  २०७३ माघ २९ गते ८:२०     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७० करोड १० लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६६ प्रतिशतले बढेको छ ।

यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २७ करोड ९८ लाख रुपैयाँले बढि हो । बैंकले गत वर्ष ४२ करोड १२ लाख रुपैयाँ मात्रै नाफा गर्न सकेको थियो ।

बैंकको चुक्ता पूँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ६७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५९ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ११ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

बैंकको जगेडा कोषमा ४ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात १ दशमलव ८७ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव ८५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २८ रुपैंयाँ ३१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८३ रुपैंयाँ ६९ पैसा छ । हाल बजारमा यो बैंकको प्रतिसेयर ४४७ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.