सिभिल बैंकको नाफा जम्मा ७ प्रतिशले बढ्यो, ६ महिनामा बैंकको खुँद नाफा १६ करोड ७३ लाख

  २०७३ माघ २९ गते ८:४०     विकासन्युज

काठमाडौं । सिलिभ बैंकले चालू आर्थिक वर्षको पहिलो जम्मा ७ प्रतिशतले मात्रै नाफा बढाउन सफल भएको छ ।

यो बैंकल चालू आर्थिक वर्षको ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा जम्मा १ करोड १० लाख रुपैयाँ नाफा बढाएको छ । यो बैंकले ६ महिनामा १६ करोड ७३ लाख रुपैयाँ खुँद नाफा गरेको छ ।

बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ३२ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २९ अर्ब ६१ करोड रुपैयाँ कर्जा सापटी प्रवाह गरेको छ ।

बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ६ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

बैंकको जगेडा कोषमा १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात ४ दशमलव ४४ प्रतिशत रहेको छ । यसले बैंकको अवस्था जोमिममा रहेको देखाउँछ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ३१ प्रतिशत रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी ७ रुपैंयाँ ३२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १३१ रुपैंयाँ १५ पैसा छ । हाल बजारमा बैंकको प्रतिसेयर २१८ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.