ग्लोबल आइएमई र प्यासिफिक डेभलपमेन्ट बैंकबीच एकिकृत कारोबार शुरु, सेयर कारोबार सोमबारबाटै

  २०७३ फागुन १ गते १८:३०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्त (एक्विजिसन) गरी आइतबारदेखि एकीकृत कारोवार शुरु गरेको छ । आइतबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरजिवी नेपालले उक्त कारोबार सञ्चालन समारोहको शुभारम्भ गरेका थिए ।

बैंक तथा वित्तीय संस्था मर्ज भएपछि महिनौसम्म सेयर कारोबार नहुने घट्नाक्रमलाई चिर्दै यसले एकिकृत कारोबारको दोश्रो दिन देखि नै सेयर कारोबार सूचारु गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले एकिकृत कारोबारको भोलीपल्टै (अर्थात सोमबार)देखि सेयर कारोबार गराउन सफल भएकोमा बैंकलाई बधाई समेत दिएका थिए । नेपाल धितोपत्र बोर्डले एकिकृत कारोबार भएको ढिलोमा १५ दिनभित्रै सेयर कारोबार सूचारु गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो ।

लमजुङ् जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १३ करोड २९ लाख रुपैयाँ रहेको थियो । उक्त बैंकलाई प्राप्ति पछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । उक्त रकम आ. व २०७२/२०७३ को प्रस्तावित बोनस सहित रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकको कुल निक्षेप ८५ अर्ब रुपैयाँ, कर्जा लगानी ७२ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । साथै, बैंकको ९४ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.