२०७३ फागुन २ गते १३:०५ विकासन्युज
काठमाडौं । सोमबारदेखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दिव्यश्वरी हाइड्रोपावर(डिएचपीएल) कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीले सो दिनको सेयर कारोबारको लागि प्रतिकित्ता ११६ देखि ३४८ रुपैयाँसम्म मूल्य तोकेको छ ।
पुरानो बानेश्वरमा केन्द्रिय कार्यालय रहेको उक्त कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ । हाल सम्म कम्पनीको २६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.