कुलप्याड स्मार्ट फोन नेपाली बजारमा, सर्वाेत्कृष्ट ५ स्मार्टफोन भित्र पर्ने लक्ष्य

  २०७३ फागुन ३ गते १२:१३     विकासन्युज

काठमाडौं । सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा उत्कृष्ट रुपमा छाइरहेको कुलप्याड अब नेपाल भित्रिएको छ । जयमाँ इन्टरकन्टिनेन्टल प्रा.लि. ले एक मात्र आधिकारिक वितरक र बजार प्रवद्धकको रुपमा  कुलप्याड स्मार्टफोन्स नेपाली बजारमा भित्र्याएको छ ।
सोमबार हायात रेजेन्सी होटलमा आयोजित विशेष कार्यक्रममा कुलप्याड ग्लोबलका सीइओ जेम्स डु, जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठले सामूहिक रुपमा कुलप्याड स्मार्टफोन नेपाली बजारमा प्रवेश गरेको घोषणा गरे ।

सोही अवसरमा कुलप्याड स्मार्टफोनको प्रमुख र विशेष कुलवान फोन पनि सार्वजनिक गरिएको छ । कुलवान नेपाली बजारका लागि १३+१३ मेगापिक्सल ड्युल रियल क्यामेरा भएको पहिलो फोन हो । एफ/२.० अपाचर र ड्युल टोन एलडीडी फ्यालसहित १३ मेगापिस्सेल जोडी सेन्सर क्यामेरा हुनु नै यसको मुख्य र नौलो विशेषता हो । पहिलो पहिलो क्यामेरा सेन्सरले कलर सन्तुलन मिलाउँछ भने दोश्रो सेन्सरले डेप्थ, डिटेइल र ब्राइटनेशको सन्तुलन मिलाउने कम्पनीले जनाएको छ । यस मोवाइलको फ्रन्ट क्यामेर ८ मेगापिक्सेल छ । नयाँ सार्वजनिक गरिएको कुलवानको मूल्य मात्र ३० हजार ९९६ रुपैयाँ तोकिएको छ ।

नेपालमा कुल प्याड लन्च गर्दै ग्लोबलका सीइओ जेम्स डुले बजारमा नयाँ टेक्नोलोजी ल्याउन कुलप्याड हरदम आतुर रहेको बताए । प्रयोग गर्न सरल तर उत्कृष्ट टेक्नोलोजी प्रदान गर्नु नै कुलप्याडको विशेषता भएको उनले बताए ।

जयमाँ इन्टर कन्टिनेन्टलसँगको हाम्रो यस साझेदारीले नेपाली बजारमा उत्कृष्ट सेवा प्रदान गर्ने उनको भनाई छ । यो कम्पनी लक्ष्मी ग्रुपले प्रवद्र्धन गरेको कम्पनी हो ।

जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेश बहादुर श्रेष्ठले कुलम्याड स्मार्टफोन मार्पmत जयमाँ इन्टरकन्टिनेन्टलले ग्राहकहरुलाई उत्कृष्ट सेवा र अनुभव प्रदान गर्ने प्रचिवद्धता व्यक्त गरे । उनले भने “विश्वभरमा नै प्रख्यात कुलप्याड स्मार्टफोन प्राविधिक रुपमा उत्कृष्ट रहेको र चलाउनको लागि निकै सजिलो छ ।’’

विश्वभरनै चर्चित रहन सफल कुलप्याड  सन् १९९३ मा स्थापना भएको मोबाइल ब्राण्ड हो ।  यस ब्राण्डले आफ्नो उल्लेखनिय आर एण्ड डी  र म्यानुफ्याक्चरिङ मार्पmत बजारमा आफ्नो पहिचान बनाएको छ । कम्पनीको ड्युल मोड र ड्युल स्टाण्डबाई टेक्नोलोजिका साथैे साथै १०,००० भन्दा बढी पेटेन्ट रहेको छ । यस ब्राण्डलाई चीनमा विज्ञान तथा प्रविधिको उत्कृष्ट अवार्ड पनि प्रदान गरिएको थियो । कम्पनीले वार्षिक ३४ लाख वटा फोन उत्पादन गर्छ भने वार्षिक ३ अर्ब डलरको आम्दानी गर्छ । यो फोन विश्वका विभिन्न ६ वटा स्थानमा उत्पादन हुने र तीन हजार भन्दा बढीले यस कम्पनीको काम गर्ने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.