नेप्सेको ‘क’ वर्गमा १०७ वटा कम्पनी सूचिकृत, हेर्नुहोस् कुन कुन परे?

  २०७३ फागुन ३ गते १३:२८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा १०७ वटा कम्पनीहरु सूचिकृत भएका छन् । गत आर्थिक वर्षमा ‘क’ वर्गमा १३१ कम्पनीहरु सूचिकृत भएका थिए भने यो साल २७ वटा कम्पनी घटेर जम्मा १०७ कम्पनीहरु सूचिकृत भएका छन् ।

मंगलबार नेप्सेले जारी गरेको विज्ञप्ति अनुसार वाणिज्य बैंक समूहबाट २६, विकास बैंक समूहबाट ४५, बीमा समूहबाट १७, वित्त समूहबाट १४, जलविद्युत समूहबार ३, होटल र अन्य समूहबाट एक एक वटा कम्पनी गरि जम्मा १०६ वटा कम्पनी सूचिकृत भएका छन् ।

धितोेपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु पूरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेञ्जले ‘क’ वर्गमा सुचिकृत गर्दै आएको छ । शर्त अनुसार चुक्ता पूँजी कम्तिमा २ करोड रुपैयाँ भएको, साधारण सेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन वर्ष देखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मुल्य चुक्ता मुल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय-व्यय विवरण पेश गरेको हुनुपर्ने नेप्सेले जनाएको छ ।

हेर्नुहोस् सूचिकृत भएका १०७ कम्पनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.