२०७३ फागुन ३ गते १५:२५ विकासन्युज
काठमाडौं । दिनभर केही उतारचढाव देखिएको सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार बजारमा नेप्से परिसूचक ४ अंकले घटेर १२७४ दशमलब ९७ अंकमा अडिएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकममा करिब १० करोड रुपैयाँ बराबरको गिरावट भएको दखिन्छ । सोमबार ५० करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने मंगलबार जम्मा ४० करोड बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार कारोबार भएका होटल र विकास बैंक समूह बाहेक बाकी सबै समूहको परिसूचकहरु ओरालो लागेका छन् । होटल र विकास बैंक समूहको परिसूचक क्रमशः ३३ र २ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९३ अंकले ओरालो लागेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.