भार्गव विकास बैंकको शतप्रतिशतको हकप्रद सेयर, १२ लाख कित्ता हकप्रदको विक्री फागुन २४ देखि

  २०७३ फागुन ५ गते ९:०२     विकासन्युज

काठमाडौं । भार्गव विकास बैंक लिमिटेडले शतप्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकको १२ करोडको चुत्तापूँजीमा सोही अनुपातमा पूँजी बृद्धि गर्ने उद्देश्यले शतप्रतिशतको हकप्रद जारी गरेको छ ।

यो बैंकले १ कित्ता बराबर नयाँ १ कित्ता नै हकप्रद दिने भएको छ । १ सय रुपैयाँ अंकित १२ लाख कित्ता सेयरको हकप्रद निष्कासन गरेको यो बैंकले आगामी फागुन २४ देखि विक्री आवेदन दिन सक्ने गरी विक्री खुला गरेको छ ।

यो बैंकले आगामी चैत्र २८ गतेसम्मको लागि हकप्रदको विक्री खुला गरेको छ । यो बैंकले यही फागुन १२ गतेभित्र सेयर कारोबार गरेका सेयरधनिलाई हकप्रद दिने भएको छ ।

एनआईबीएल क्यापिटल धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक रहेको यो बैंकले भार्गव विकास बैंक, एनएमबी क्यापिटल लिमिटेड नागपोखरी र एनएमबी बैंक लिमिटेडबाट सेयर आवेदन दिन सकिने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.