२०७३ फागुन ९ गते १३:३० विकासन्युज
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई एक बराबर १.७५(१ः१.७५) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । फाइनान्सले गत माघ ६ गतेका दिन देखि नै सो मात्राको सेयर निष्कासन गरको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित ४३ लाख ८६ हजार ३७५ कित्ता सेयर निष्कासन गरेको छ । बैंकका सेयरधनीले आजको तीन दिन अर्थात फागुन ११ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एक क्यापिटल लिमिटेडलाई तोकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.