२०७३ फागुन ९ गते १३:५७ विकासन्युज
काठमाडौं । एनआईडिसी डेभलपमेन्ट बैंकले आगामी चैत ४ गते ४९औँ वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो ।
सभाले एनआईडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने/गाभिने प्रस्तावलाई पारित गर्ने भएको छ ।
उक्त साधारणसभा प्रयोजनको लागि फागुन २० गतेदेखि चैत ४ गते (अर्थात १५ दिन)सम्म सेयर दाखिल खारेज (बुक क्लोज) बन्द रहने बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.