२०७३ फागुन १० गते १२:३६ विकासन्युज
काठमाडौं । मेगा बैंक नेपालले इन्स्योरेन्स कम्पनी र मर्चेण्ट बैंक खोल्ने भएको छ । बैंकले चैत ३ गतेका लागि बोलाएको छैठौं बार्षिक साधारण सभाबाट इन्स्योरेन्स कम्पनी र मर्चेण्ट बैंक खोल्ने प्रस्ताव पारित गर्दै प्रक्रिया अघि बढाउन लागेको हो ।
मेगा बैंकले छैठौं साधारण सभाका लागि अघि सारेको प्रस्तावमा स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित इन्स्योरेन्स कम्पनीको आंशिक वा पुरै सेयर खरिद गर्ने तथा नयाँ कम्पनी स्थापनाको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
त्यस्तै, सञ्चालनमा रहेको मर्चेण्ट बैंकिङ कम्पनीको आंशिक वा पुरै सेयर खरिद गर्ने वा नयाँ कम्पनी स्थापनाको कार्य अघि बढाउने पनि बैंकले योजना बनाएको छ । मेगा बैंकले सेयर ब्रोकर कम्पनी सञ्चालनको प्रक्रिया समेत अघि बढाउन लागेको छ ।
बैंकले १३ दशमलब ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि सोही साधारण सभाबाट पारित गराँउदैछ त्यस्तै, हकप्रद सेयर जारी गरेपछि हुने चुक्ता पूँजीको एक सय बराबर ६५ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय पनि सोही साधारण सभाले गर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.