सेयर बजार राताम्मे, नेप्से परिसूचक २४ अंकले ओरालो, २५ करोडको सेयर कारोबार

  २०७३ फागुन १५ गते १५:२८     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार पनि राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक २४ अंकले ओरालो लागेर १३१३ अंकमा झरेकोे छ । परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन बजारमा जम्मा २५ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा करोबार भएका सबै परिसूचकहरु ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६८ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य र होटल समूहको परिसूचक क्रमशः ४१ र २९ अंकले ओरालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.