नेरुडे लघुवित्तले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, फागुन ३० गते बुक क्लोज

  २०७३ फागुन १७ गते १४:४५     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले एक सय अंकित मूल्य बराबरको ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

सो प्रयोजनको लागि आगामी फागुन ३० गते कम्पनीको बुक क्लोज हुने छ । बैंकले सो मात्राको हकप्रद निष्कासन गर्न कमलपोखरीमा रहेको एनसिएम मर्चेन्ट बैंकिङ्लाई जिम्मा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.