२०७३ फागुन १७ गते १५:३२ विकासन्युज
काठमाडौं । मंगलबारको नेप्सेमा सेयर कारोबारमा सुधार देखिए पनि नेप्से परिसूचक भने दोहोरो अंकले झरेको छ । परिसूचक १३ दशमलब ७२ अंकले घटेर १२९९.२९ अंकमा बन्द भएको छ । सो दिनको बजारमा ५४ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा करिब २९ करोड रुपैयाँ बढी हो ।
बजारमा सबैभन्दा बढी नेपाल बङ्लादेश बैंकको ११ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ६०८ रुपैयाँ रहेको छ । मंगलबार १३२ कम्पनीको १२ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ ।
मंगलबार बीमा समूहको परिसूच क ११४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ्, विकास बैंक र अन्य समूहको परिसूचक क्रमशः ५०, १३, ९ र ४ अंकले ओरालो लागेका छन् । हाइड्रो समूह ४ अंकले उकालो लागेको छ भने उत्पादनमुलक समूह स्थिर रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.