नेप्से १७ अंकले वृद्धि, ३२ करोडको सेयर कारोबार, फाइनान्स बाहेक सबै समूह उकालो

  २०७३ फागुन १८ गते १५:३१     विकासन्युज

काठमाडौं । लगातार ओरालो लागेको बजारमा बुधबार भने केही सुधार आएको छ । बुधबार नेप्से परिसूचक १७ दशमलब ५१ अंकले बढेर १३१६ अंकमा पुगेको छ । करिब एक साता पछि सेयर बजारमा हरियाली छाएको छ ।

बजारमा ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबारको सेयर कारोबार करिब २२ करोड रुपैयाँले घटि हो । बुधबार १३५ कम्पनीको ६ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन कुमारी बैंक र नेपाल बंगलादेश बैंकको क्रमशः ३ करोड ९४ लाख र ३ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बुधबार फाइनान्स समूहको परिसूचक बाहेक करोबार भएका बाँकी सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २१४ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, होटल, विकास बैंक र बैंकिङ् समूहको परिसूचक ३०, २६, १५ र १३ अंकले उकालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.