२०७३ फागुन १९ गते १४:४७ विकासन्युज
काठमाडौं । सिटिजन्स बैंकल इन्टरनेशनलले सेयरधनीलाई २५ प्रतिशत(१० बराबर २.५ अनुपातमा) हकप्रद निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन २६ गते बैंकको बुक क्लोज गर्ने निणर्य गरेको छ ।
उक्त निर्णय कम्पनीको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.