नेपाल लाइफको एफपीओ र फरवार्डको आइपिओ बाडफाँट शुक्रबार

  २०७३ फागुन १९ गते १८:०८     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ र फरवार्ड कम्युनीटी डेभलपमेन्ट बैंकको आइपीओ शुक्रबार बाडफाँट हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफलाई २२ गते र फरवार्डलाई २० गतेभित्र बाडफाँट गरिसक्न निर्देशन दिएको थियो ।

नेपाल लाइफको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले शुक्रबार बिहान सढे ८ बजे एफपिओ बाडफाँट हुने जानकारी दिए । उता, फरवार्ड कम्युनिटी डेभलपमेन्ट बैंकको आइपिओको बाँडफाड पनि शुक्रबारै हुनेछ ।

फरवार्डको बिक्रि प्रबन्धक नविल इन्भेष्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले शुक्रबार बाडफाँट गर्ने तयार सकिएको जानकारी दिए । नेपाल लाइफको एफपिओ र फरवार्ड कम्युनीटीको आइपिओ बाँडफाड हुँदा ३ लाख ७० हजार लगानी कर्ताको ५५ अर्ब रुपैंयाँ बजारमा आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.