नेप्से परिसूचक २५ अंकले उकालो, ६१ करोडको सेयर कारोबार

  २०७३ फागुन २२ गते १५:२६     विकासन्युज

काठमाडौं । आइतबार नेप्से परिसूचक २४ दशमलब ९३ अंकले उकालो लागेको छ । करिब २५ अंकले उकालो लागेको परिसूचक बढेर १३५४ दशमलब ३४ अंकमा पुगेको छ । पछिल्लो समय ओरालो लागेको बजारमा आइतबार भने केही सुधार देखिएको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधारात्मक संकेत देखिएको छ । आइतबार ६१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबारको भन्दा २० करोड रुपैयाँ बढी हो । आइतबार १४१ कम्पनीको ११ लाख ८५ हजार ४८५ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार अन्य समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २२६ अंकले उकालो लागेको छ । अन्य समूहको परिसूचक भने शून्य दशमलब २९ अंकले ओरालो लागेको छ ।

सो दिन सबैभन्दा बढी आरएसडिसी लघुवित्त संस्थाको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ । करिब १० प्रतिशतले बढेको सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३२ रुपैयाँ रहेको छ । त्यस्तै, नेरुडे लघुवित्त विकास बैंक र एनबी इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.७८ र ९.६० प्रतिशतले बढेका छन् । सबैभन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको साढे ३ प्रतिशतले घटेको छ ।

आइतबार कारोबार गर्ने १० उत्कृष्ट कम्पनीहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.