नेरुडे लघुवित्तको ५० प्रतिशत हकप्रद निष्कासन, चैत १४ देखि आवेदन दिन पाइने

  २०७३ फागुन २३ गते ८:५२     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले एक सय रुपैयाँ अंकित नौ लाख कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो संस्थाले २ सेयर बराबार एक (२ः१) को अनुपातमा सेयर निष्कासन गरेको हो । |

यो संस्थाले निकाले यो हकप्रद सेयर ५० प्रतिशत हो । यसको हकप्रद सेयरको आवेदन आगामी चैत १४ गते देखि २०७४ वैशाख १७ गतेसम्मदिन पाइने उल्लेख छ ।

यसको हकप्रदको आवेदन एनसीएम मर्चेन्ड बैकिङ लिमिटेड कमलपोखरी र नेरुडेको केन्द्रिय कार्यालय विराटनगरबाट दिन पाइने छ । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनसीएम मर्चेन्ड बैकिङ लिमिटेड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.