एस डेभलपमेन्ट बैंकको विलय प्रक्रियासँगै सञ्चालक राजेन्द्र दाहालको राजीनामा किन ?

  २०७३ चैत ७ गते २०:१६     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक प्राप्ति गर्ने सम्बन्धमा विशेष साधारणसभा बोलाएकै दिन एस डेभलपमेन्ट बैंकका सञ्चालक राजेन्द्र प्रसाद दाहालले पदबाट राजीनामा गरेको सूचना वाहिर आएको छ । एक्वाएर गर्ने क्रममा स्वाप रेसियोको विषयलाई लिएर एस डेभलपमेन्ट बैंकका सेयरधनीहरुले असन्तुष्टि व्यक्त गर्दै आएको समयमा यस बैंकका प्रवद्र्धक सेयरधनीको तर्फबाट सञ्चालक दाहालको राजीनामा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बैंकका अनुसार दाहालले तीन महिना अघि राजीनामा दिएका थिए । उनको राजीनामा चैत ४ गते बसेको सञ्चालक समितिले स्वीकृति गरेको छ । दाहालले राजीनामा पत्रमा व्यक्तिगत कारण जनाएका छन् ।

‘म एक फाइक्रोफाइनान्समा संलग्न हुँदैछु । त्यसको लागि सबै प्रक्रिया पुरा गरेर एस डेभलपमेन्ट बैंकबाट बाहिरीएको छु’ दाहालले विकासन्युजसँग भने–‘इन्भेष्टमेन्ट बैंकमा गाभिने विषयमा मेरो तर्फबाट विमति छैन । फागुन ३० गतेसम्म बैंक सञ्चालक समितिले गरेको सबै निर्णयमा मेरो सहमति छ, हस्ताक्षेर गरेको छु र त्यसमा जिम्मेवारी छु ।’ दाहाल साे बैंकमा करिब ५ वर्ष सञ्चालक भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.