२०७३ चैत १४ गते १७:११ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋण पत्र २०९६ नामको सो ऋणपत्र आम नेपाली नागरिकदेखि बैक तथा वित्तीय संस्था, गैर बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाले खरिद गर्न सक्नेछन् ।
मंगलबार बोलकबोल गरिएको ऋणपत्रको निष्काशन बुधबार हुनेछ । ०८६ सालमा साँवा फिर्ता हुने ऋणपत्रको ब्याज भने ६/ ६ महिनामा प्राप्त हुनेछ ।
न्युनतम ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म मात्रै बोलकबोल गर्न पाइने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.