ज्योति विकास बैंकमा राप्तीभेरी विकास बैंक गाभिने, पुँजी २ अर्ब ५० करोड पुग्ने

  २०७३ चैत १५ गते २०:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले दाङ, बांके र बर्दिया जिल्लामा कायक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । मंगलबार ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेम बहादुर भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।


ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. १अर्ब १० करोड ४३ लाख रहेको र १ः१ को हकप्रद शेयर जारी प्रक्रियामा रहेको छ । त्यस्तै राप्तीभेरी विकास बैंकको चुक्ता पुंजी रु १४ करोड ३७ लाख रहेको छ भने यस बर्षको मुनाफाबाट बोनस शेयर जारी गर्ने प्रक्रियामा छ । यसरी प्राप्ती पछि ज्योति विकास बैंकको कुल चुक्ता पुंजी २ अर्ब ३५ करोड पुग्नेछ भने चालु आर्थिक बर्ष २०७३÷२०७४ को मुनाफाबाट वितरण हुने बोनस शेयस पछि ज्योति विकास बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड नाघ्ने बैंकले जनाएको छ ।

साथै राप्तीभेरी विकास बैकको प्राप्तीपछि ज्योति विकास बैंकको कुल निक्षेप रकम रु १० अर्ब, कर्जा रकम रु ९ अर्ब नाघ्ने छ साथै शाखा संजाल ३४ पुग्नेछ । ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंग मर्जर पक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरिसकेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.